ताजा समाचार

मोरङ कारागारमा कैदीबन्दीबीच झडप, ६ जना घाइते

काठमाडौँ । विराटनगरको हाटखोलामा रहेको जिल्ला कारागार मोरङमा मंगलबार कैदीबन्दीबीच दोहोरो झडप भएको छ ।

चौकीदार किरण गुरूङले यातना दिएको भन्दै कारागारका कैदीबन्दीबीच दोहोरो झडप हुँदा ६ जना कैदीबन्दी घाइते भएका छन् । झडपमा परेर घाइते हुनेमा नाइके किरण गुरूङ, शेखर राई, निर्मल ढकाल, बिशाल मुक्तान, डिल्ली देवान र सूर्यदिप गुप्ता छन्। घाइतेहरुलाई उपचारका लागि कोसी अस्पताल भर्ना गरिएको छ।

कारागारका चौकीदार र नाइकेको समूहसँग अरु कैदीबन्दीको झडप भएको हो । हाल कारागार आसपासमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *