ताजा समाचार

आज कुन-कुन प्रदेशमा छ वर्षाको सम्भावना ?

काठमाडौं । हाल भारतको बिहारमा रहेका न्यून चापिय प्रणाली र पश्चिमी वायु प्रणालीको सामान्य प्रभाव नेपालमा रहेको छ। हाल देशभर आन्शिक देखि सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य वदली रहने छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशहरुका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक वा दुई स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै देशभर आंशिक देखि सामान्य वदली रहने छ। प्रदेश नं १ र गण्डकी प्रदेशहरुका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक वा दुई स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *