समाचार

मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य पुन : सुचारु हुन्छ : निर्वाचन आयोग

काठमाडौं । स्थगन भएको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य पुन : सुचारु भएको जनाएको छ । निर्वाचन आयोगले सर्वोच्च अदालतको असार २८ गतेको आदेशअनुसार पुवनिर्धारित निर्वाचनको कार्यक्रम नहुने भएकाले नामावली संकलन तथा अद्यावधिक कार्य पुनस् सुचारु हुने भएको जनाएको हो ।

आयोगले शुक्रबार विज्ञप्ता जारी गर्दै सर्वोच्चको आदेश बमोजिम प्रतिनिधि सभा पुनर्स्थापना भएका कारण पुर्वमितिमा निर्वाचन नहुने भन्‍दै मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यलाई सुचारु गरेको जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘सम्मानित सर्वोच्च अदालतको मिति २०७८-३-२८ गतेको आदेश बमोजिम प्रतिनिधि सभा पुनस्र्थापना भएको कारण पूर्व घोषित मितिमा निर्वाचन नहुने भएकोले मिति २०७८-०४-०३ गतेदेखि निर्वाचन कार्यालयहरूबाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यलाई सूचारू गर्ने गरी आयोगबाट मिति २०७८-०४-०१ मा निर्णय भएको छ ।’

यसअघि गत जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेर पहिलो चरणमा कार्तिक २६ गते र दोस्रो चरणमा मंसीर ३ गते निर्वाचन मिति तोकेपछि आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक जेठ ९ गते स्थगित गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *