काठमाडौ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको माग गर्दै आन्दोलनमा उत्रिएका नारायण वाग्ले सहित १६ जना बृहत् नागरिक अभियन्ता सिंहदरबारबाट पक्राउ परेका छन्।
सिंहदरबार गेटअगाडि विरोध प्रदर्शनमा उत्रिएका नारायण वाग्ले, श्रवण मुकारुङ, नारायण ढकाल, खगेन्द्र संग्रौला, सञ्जीव उप्रेती, विमल अर्याल, अर्चना थापा, प्रणेतालगायत नागरिक अभियन्ताहरू पक्राउ परेका हुन्।
स्वास्थ्य शिक्षामा भइरहेका चरम बेथितिविरुद्ध तथा धरानको बीपी प्रतिष्ठानको बचाउका निम्ति आन्दोलित उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भइरहेको अनियमितता तथा बेथिति सुधारको माग गर्दै गत त्यहाँका चिकित्सक, बिद्यार्थी लगायतले १ असार देखि आन्दोलन गर्दै आइरहेका छन् ।




