समाचार

जर्मनी पठाएको ६२ वटा भेन्टिलेटर सहितका स्वास्थ्य सामग्री नेपाल आइपुग्यो

काठमाडौं । जर्मन सरकारले नेपाललाई पठाएको विभिन्न स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । जर्मनीले पठाएको ६२ वटा भेन्टिलेटरसहित अन्य स्वास्थ्य सामाग्री आज आइपुगेको हो ।
आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि जर्मनका राजदूत रोल्यान्ड शेफरले स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।

जर्मन सरकारले नेपालमा कोभिड १९ नियन्त्रणका लागि सहयोगस्वरुप ६२ वटा भेन्टिलेटर, २७ हजार ५०० एसएसपी २ मास्क, ३० हजार सर्जिकल मास्क, १०० गम बुट, २०० बडी ब्याग, पाँचवटा आइसोलेसन सेन्टर टेन्ट र २५ हजार लिटर डिसइन्फेक्टेन्ट पठाएको जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *