काठमाडौं । काठमाडौं उपत्यकामा गरिएको निषेधाज्ञाले कोरोना भाइरस विरुद्धको चिनियाँ खोप अभियान रोकिएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले खोप लगाउने कार्य काठमाडौंमा स्थगित गरिएको जनाएको हो।
बुधबार एक विज्ञप्ति निकाल्दै स्वास्थ्य कार्यालयले केही समयको लागि खोप कार्यक्रम स्थगित गर्ने निर्णय भएको जनाएको छ ।
सुरुमा कोरोनाविरुद्धको खोप काठमाडौंमा निरन्तर संचालन गर्ने भनिए पनि अब काठमाडौं बासीले खोप लगाउन केही समय कुर्नु पर्ने छ ।
दोस्रो चरणको खोप अभियानअन्तर्गत चैत २५ गतेदेखि भेरोसेल खोप लगाउन सुरु गरिएको थियो । यो खोप सरकारले १८ वर्षदेखि ५९ वर्ष उमेरका नागरिकलाई दिइएको थियो ।
चीनले कोरोनाविरुद्धको भेरोसेल खोप नेपालाई आठ लाख डोज अनुदानमा उपलब्ध गराएको थियो ।





