काठमाडौं । हाल देशमा स्थानीय वायुको साथसाथै पश्चिमी वायुको पनि प्रभाव रहेको देखिन्छ। सो प्रभावले शुक्रबार दिउँसो देखि मौसममा बदली भइ मेघगर्जनसहित वर्षा र केही स्थानमा असिना समेत परेको छ ।
प्रि–मनसुन’ समय एक्कासि वर्षा हुने भएकाले शुक्रबार बिहान घाम लागे पनि दिउँसोबाट एक्कासि असिनापानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज पनि देशका धेरैजसो स्थानहरुमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केहि स्थानहरुमा र तराईका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग र हावाहुरी/असिना सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राती देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू(भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग र हावाहुरी/असिना सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।




