समाचार

मालपोत कार्यालय सिरहामा शक्तिशाली कुकर बम विस्फोट, ६ घाइते

काठमाडौँ । सिरहाको लाहानस्थित मालपोत कार्यालयमा शक्तिशाली कुकर बम विस्फोट भएको छ । केही समयअघि भएको विस्फोटबाट ६ जना घाइते भएका छन् ।

आइतबार दिउँसो १२ बजेर ४० मिनेटमा कार्यालय परिसरमा कुकर बम विस्फोट भएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले जानकारी दिएका छन् ।

बमको छर्रा लाग्दा एकजना गम्भीर घाइते भएका छन् । कार्यालय भित्र रहेका मानिसको भागाभाग भएको थियो । बम विस्फोट कसले गरायो भन्ने खुल्न सकेको छैन ।

सिरहाको लहानस्थित मालपोत कार्यालयमा गणतान्त्रिक मुक्ति मोर्चा ‘गोइत’ समूहको पर्चा फेला परेको छ। प्रदेश २ का डिआइजी धीरजप्रताप सिंहका अनुसार बम विस्फोट भएको स्थान नजिकै गोइत समूहको पर्चा फेला परेको हो। 

तस्बिरः मनोरञ्जन मिश्रको फेसबुक

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *