ताजा समाचार

काेराेना भाइरसकाे त्रास : कालिाकेटमा नुन लिनेको घुइँचो

कालिकोट । विश्वभर फैलिदै गइरहेको कोरोना भाइरस (कोभिड १९) को प्रभाव कालिकाेटमा समेत परेकाे छ । काेराेनाकाे त्रास  बढेपछि  नुन डिपो कालिकोटमा नुन लिनेहरूको भिड लागेको छ ।

कोरोना भाइरस संकमणका कारण कार्यालय बन्द हुन्छ कि भन्ने चिन्ताले गाउँ नै उर्लेर सदरमुकामको नुन डिपोमा नुन लिनेको घुइँचो लागेको हो । जिल्लाको एक मात्र नुनको डिपोमा गाउँगाउँबाट नुनलिन, स्थानिय कार्यालयमा लाईनमा लागेका छन ।

नुन डिपो कार्यालयका प्रमुख डम्वर वुढाले भने, ‘हिजो अस्तिका दिनभन्दा आजको दिनमा नुन लिनेको सोचे भन्दा वढिनै घुइँचो छ । अहिले लाइनमै पाँच सय भन्दा बढि छन् । हिजो अस्तिका दिनमा दैनिक ४/५ जना नुन लिन आउँथे, आज भने नुन लिनेको भिड छ, हामीले सुचना पनि दिएका छैनौँ, खै कोरोना भाइरसका कारणले होला, यति धेरैको संख्यामा नुन लिन आएको ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *