ताजा समाचार

चन्द समूहका युवा अध्यक्षलाई आगजनी मुद्दा

काभ्रेपलाञ्चोक । नेपाल प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका काभ्रेपलाञ्चोक जिल्ला सदस्य एवं राष्ट्रिय युवा जन–स्वयंसेवकका जिल्ला अध्यक्ष रमण परियारलाई आगजनी अभियोगमा मुद्दा दायर गरेको छ ।

पाँचखाल नगरपालिका–७ होक्सेका ३० वर्षीय परियारलाई गत साल फागुन १० गते भुम्लु गाउँपालिकास्थित एनसेल टावरमा आगजनी गरेको अभियोगमा प्रहरीले मङ्गलबार मुद्दा दायर गरेको हो । परियारलाई सार्वजनिक सम्पत्तिमा नोक्सानी पु¥याएको कसुरमा मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

प्रहरीले परियारलाई विशेष सूचनाका आधारमा बा ८१ प ३२ नम्बरको मोटरसाइकलमा बनेपा नगरपालिकास्थित गोदाम चोकबाट सोमबार साँझ पक्राउ गरेको थियो । परियार केही वर्षअघि गुडिरहेको यात्रुवहाक बसमा आगो लगाएर सर्वसाधारणको ज्यान लिन खोजेको अभियोगमा केही महिना जेल बसेर निस्केका थिए ।
यसअघि पक्राउ परेका सोही समूहका जिल्ला सेक्रेटरी सुन्तली थोकर विरुद्धको २०७५ चैत १० गते काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–५ सल्लेडाँडामा रहेको एनसेल ९बीटीएस० टावरमा आगजनी तथा महाभारत गाउँपालिका नजिकै सिलिण्डर बम विस्फोट गरेको अभियोगमा जिल्ला अदालतले मागेको २५÷२५ हजार धरौटी तिर्न नसक्दा केन्द्रीय कारागार चलान गरिएको प्रहरीले जनाएको छ । ३२ वर्षीया थोकरलाई कात्तिक अन्तिम साता विप्लव माओवादीको जिल्ला फर्मेशनमा जिल्ला सक्रेटरी भएलगत्तै कात्तिक ६ गते राति पनौती नगरपालिका–९ नौबिसेस्थत घरबाटै प्रहरीले पक्राउ गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *