देश

महावीर पुनले आफ्नो जीवनमा १ प्रतिशत सम्भावनबाट के के सफलता पाए त ? उनकै शब्दमाः

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष बैज्ञानिक महावीर पुन समयको बचत गरेर संभावित क्षेत्रमा विगत लामो समयदेखि अनुसन्धानकर्ता तथा आविष्कारकका रुपमा चिनिएका विशिष्ट व्यक्ति हुन् । लामो संघर्षपश्चात मात्र अनुसन्धानबाट विभिन्न कुराको आविष्कार गर्न सफल भएका पुनले आफ्नो जिवनकालमा भोगेका र त्यो अनुभव र संभावनाका माध्यमबाट आँफू आविष्कारक बैज्ञानीक बन्न सफल बनेको अनुभवमाथि प्रकास पारेका छन् । उनको अनुभव उनका लागि मात्र प्रयाप्त हुँदैन । यो त सबैको जीवन परिवर्तनका लागि सोचनीय विषय समेत हो ।

उनले महावीर पुनले आफ्नो जीवनमा १ प्रतिशत सम्भावनबाट प्राप्त गरेको सफलताको अनुभवको एक अंश उनकै शब्दमा यस्तो छ :

म सानो छँदा हाइस्कूल पढुला भनेर सोचेकै थिएन । किनभने त्यतिबेला म्याग्दीको पुन मगर समाजमा १ प्रतिशतले पनि छोराछोरीलाई हाइस्कूल पढाएका थिएनन् । तर जसरी तसरी मेरो बाबाले मलाई हाइस्कूल पढाए र म शिक्षक बनें ।
मैले ३१ वर्षको उमेरसम्म अमेरिकामा गएर पढ्न जान पाउँला भनेर सोचेकै थिएन । अनि ३२ वर्षको उमेरमा अमेरिका पढ्न जान पाउने सम्भावना १ प्रतिशत पनि थिएन । तर जबर्जस्ती लागेर ३४ वर्ष लाग्दा अमेरिकामा ब्याचलर पढ्ने मौका पाएँ ।


म अमेरिकाबाट फर्केर नेपालमा बसुँला र गाउँगाउँमा काम गरुँला भनेर सोचेकै थिएन र के गर्ने भन्ने थाहा नै थिएन । त्यसको सम्भावना १ प्रतिशत मात्र थियो होला । तर अमेरिकाबाट फर्केर म नेपालमा बसेर काम गरेको ३१ वर्ष भयो । वायरलेस प्रविधिलाई प्रयोग गरेर नेपालको दुर्गम गाउँहरुमा इन्टरनेट पुर्याउने सम्भावना १ प्रतिशत पनि थिएन । विदेशी इन्जिनियरहरुको भनाइअनुसार त त्यो काम असम्भव नै थियो । तर त्यो काम पनि जबर्जस्ती सुरु गरियो र सफल भयो ।

सन् २०१७ सम्म राष्ट्रिय आविष्कार केन्द्रलाई अहिलेको अवस्थामा ल्याउन सकिएला भन्ने १ प्रतिशत जति पनि आशा थिएन । किनभने कुनै पनि सरकार, बैंक र दातृसंस्थाहरुले पटक्कै पत्याएनन् । तर अहिले आमनागरिकको सहयोगले गर्दा चन्द्रमासम्म पुग्न नसके पनि नेपाललाई अझै धेरै माथि पुर्याउने आँट छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *