काठमाडौं।कलाकार सारुक ताम्राकारको आत्महत्याबारे अभिनेत्री नम्रता श्रेष्ठले आफ्नो अभिव्यक्ति दिएकी छन् ।
नायिका नम्रताले सोमबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत यस घटनाबारे लेखेर वास्तविकबारे बोलेको बताएकी छन् ।
यस क्रममा उनले आफ्नो मौनतालाई कमजोर नठान्न अपिल गरेकी छन् । उनले भनेकी छन्, ‘एक जना महिला भएकै कारण यति धेरै सामाजिक आक्रमण भएको होला सायद, किनकी यो पुरुष प्रधान समाज हो, ठिकै छ…, मेरो मौनतालाई कमजोरी नठान्न अपिल गर्दछु ।’
यस क्रममा उनले सारुकको निधनप्रति श्रद्धाञ्जली दिएकी छन् । सारुकको आत्महत्याले आफूलाई अचम्मित बनाएको बताउँदै बोल्न बाध्य भएको बताएकी छन् ।
https://www.facebook.com/NamrataaOfficial/posts/886296056187293?ref=embed_post




