काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी ५ महिनाभित्र सबै नागरिकलाई खोप लगाइने बताएका छन् । नेपाल बाल संगठनको केन्द्रीय सभालाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खोप खरिद विषय सुल्झदै गएको र सन् २०२१ भित्रै सबै नागरिकलाई खोप लगाइने दाबी गरे ।
उनले अर्को वर्ष भर्चुअल माध्यमबाट कार्यक्रम गर्नुपर्ने अवस्था नरहने भन्दै सबैलाई खोप लगाएर प्रत्यक्ष भेटेरै कार्यक्रम गर्न सकिने बताए । प्रधानमन्त्री ओलीले गत वर्ष पनि ३ महिनाभित्रै सबै नागरिकलाई खोप लगाइसक्ने बताएका थिए ।




