शिक्षा / स्वास्थ्य

राष्ट्रपतिको आग्रहलगत्तै १० लाख डोज खोप दिने चीनको घोषणा

काठमाडौं । राष्ट्रपतिको आग्रहलगत्तै १० लाख डोज खोप दिने चीनले घोषणा गरेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिनले नेपाललाई थप १० लाख डोज खोप अनुदान सहयोग दिने प्रतिबद्धता गर्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग बुधबार भएको टेलिफोन संवादमा चिनियाँ राष्ट्रपति सीले उक्त प्रतिबद्धताजनाएको नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले ट्वीट गर्दै जानकारी दिनुभएको छ । चीनले यसअघि नेपाललाई ८ लाख डोज खोप अनुदानमै दिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *