मुख्य समाचार

भारतले दिएको १० लाख डोज कोरोना भ्याक्सिन आइपुग्यो

काठमाडौं । भारत सरकारले अनुदानस्वरुप दिएको १० लाख डोज कोरोनाविरुद्धको भ्याक्सिन नेपाल आइपुगेको छ । खोप बोकेको एयर इन्डियाको विमान बिहिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

उक्त खोप पहिलो चरणमा प्राथमिकताका आधारमा स्वास्थ्यकर्मी, अस्पतालमा काम गर्ने सहयोगी, महिला स्वास्थ्य स्वयंसेविका, पालिकाका सफाइकर्मी, शव व्यवस्थापनमा खटिएकालाई खोप उपलब्ध गराउने सरकारको तयारी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *