देश

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन् । बुधबार प्रदेशसभा बैठकमा ४६ जना प्रदेश सांसद सहभागी रहेकोमा मुख्यमन्त्री भट्टको पक्षमा ३१ र विपक्षमा १५ मत खसेको छ ।

उनलाई मुख्यमन्त्री बनाउन नेकपाका २० र एमालेका ११ जना प्रदेशसभा सदस्यले पक्षमा मत दिएका हुन् । कांग्रेसका १४ र राप्रपाका एक सांसदले विपक्षमा मतदान गरे । कांग्रेसका तीन सांसदले भने सो बैठकमा नै सहभागिता जनाएनन् ।

शुक्रबार नेकपा संसदीय दलका नेता भट्ट सुदूरपश्चिमको पाँचौँ मुख्यमन्त्री नियुक्त भएका थिए । एमाले र नेकपाबीच सत्ता साझेदारीको सहमतिपश्चात अल्पमतमा परेका कांग्रेसका कमलबहादुर शाहले बिहीबार नै मुख्यमन्त्री पदबाट राजीनामा दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *