काठमाडौं सरकारले चालु बजेट अधिवेशनमा नौ वटा महत्त्वपूर्ण विधेयक पारित गर्ने प्रतिबद्धता जनाएको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो जानकारी दिएका हुन्।
नीति तथा कार्यक्रममा उल्लेख गरिएअनुसार, संसदबाट पारित गरिने विधेयकहरूमा निम्न समावेश छन् ः
नेपाल प्रहरीसम्बन्धी विधेयक
सशस्त्र प्रहरीसम्बन्धी विधेयक
विद्यालय शिक्षा विधेयक
नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गर्ने विधेयक ९सेवा प्रदायक र नियामक छुट्याउने०
संघीय निजामती सेवा विधेयक
वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक
भूमिसम्बन्धी विधेयक
अन्य प्रशासनिक सुधारसँग सम्बन्धित विधेयकहरू
भूमिसम्बन्धी अध्यादेश यसअघि सत्तारुढ दलबीच सहमति नजुटेका कारण संसद सचिवालयमा दर्ता भएर पनि अगाडि नबढाइएको थियो। अब सो अध्यादेशलाई विधेयकमा रूपान्तरण गरी नियमित संसदीय प्रक्रियाबाट पारित गरिने योजना सरकारको नीति तथा कार्यक्रममा छ।
यता, सभामुख देवराज घिमिरेले अधिवेशनको सुरुवातमा बोलेका थिए कि बजेट प्रस्तुतिसँग सम्बन्धित प्रक्रिया नै मुख्य प्राथमिकतामा रहनेछ, तथापि विधेयकहरू पनि छलफलको तयारीमा छन्।
यी विधेयकहरू पारित भएसँगै सुरक्षा, शिक्षा, उड्डयन नियमन, भूमिसुधार र प्रशासनिक संरचनामा सुधार हुने सरकारको अपेक्षा छ।




