देश

सिंहदरबारमा ओली, देउवा र प्रचण्डबीच महत्वपूर्ण बैठक जारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सिंहदरबारमा महत्वपूर्ण बैठक जारी रहेको छ। सोमबार अपराह्न करिब ४ः४५ बजेबाट सुरु भएको बैठक समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा तीन नेतासँगै गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मानव अधिकार तथा संक्रमणकालीन न्याय सल्लाहकार अग्नि खरेल, माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत तथा नेता खिमलाल देवकोटा समेत सहभागी छन्। मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकार सञ्चालनका विषय र समसामयिक मुद्दाहरुमा छलफल भइरहेको बताइएको छ। आजको बैठकले संक्रमणकालीन न्यायको बिषय अगाडी बढाउने र दुबै आयोग गठन गर्न सिफारिश समिति गठन गर्ने नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेता बिच सहमती भएको छ। अब सरकारले चाडै सिफारिश समिति गठन गर्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *