देश

मन्त्रिपरिषद्को बैठक बालुवाटारमा जारी

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केही समयअघिदेखि बैठक जारी छ । सोमबारको बैठकले नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति गर्ने तयारी गरेको छ । नयाँ आईजीपीमा दीपक थापा नियुक्त हुने उच्च सम्भावना रहेको स्रोतको दाबी छ ।

महानिरीक्षक वसन्तबहादुर कुँवरको कार्यकाल आजबाट सकिएकाले आजै उनको बिदाई सरकारले गर्नेछ । त्यसपछि सरकारले नयाँ आईजीपी नियुक्ति गर्नेछ ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *