काठमाडौं । साझा यातायातको प्रमुख कार्यकारी अधिकृत (सिइओ) बन्न कसैले पनि रुचि नदेखाएपछि पुनः दरखास्त आह्वान गरिएको छ।
साझाले बुधबार सूूचना जारी गर्दै खुला प्रतिस्पर्धाद्वारा पदपूर्तिका लागि यसअघि दरखास्त आह्वान गरे पनि तोकिएको म्यादभित्र प्राप्त नभएको भन्दै पुनः आवेदन मागेको हो ।
१५ दिनभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ।साझामा सरकारले लगानी गर्दै आएको छ । काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाको अनुदानमा चलेको साझा यातायातको सेवा लोकप्रिय भए पनि जहिल्यै घाटामा देखाइने गरिन्छ । त्यसकारण पनि कसैले सिइओ बन्ने चासो नदेखाएका हुन् ।




