काठमाडौं।पूर्वसांसद ल्हारक्याल लामालाई सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले लामालाई कोषको उपाध्यक्षमा नियुक्त गरेको हो ।
स्रोतका अनुसार माओवादी केन्द्रीय सदस्य रहेका लामाले आइतबार नै नियुक्तिपत्र बुझेका छन् ।
लामा वैदेशिक रोजगार, हतियार, अकुत सम्पत्ति आर्जन, दोहोरो नागरिकता, राहदानीलगायतका अभियोगमा पक्राउ पर्दै छुट्दै आएका छन् ।




