काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले भारतीय संसद भवनको नक्सा नेपाल सरकारको नोटिसमा बताएका छन् । संसदको पूर्वाधार समितिको बैठकमा मन्त्री बस्नेतले भारतको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनी पनि राखिएको विषयमा थाहा हुनुका साथै सरकारको ध्यानमा राखिएको छ ।
बैठकमा सांसद ठाकुर गैरले नेपालको लुम्बिनी र कपिलबस्तुको नाम पनि भारतीय संसद भवनको नक्सामा राख्नुको कारण खोज्दै सरकारको ध्यानाकर्षण गराए ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि टिप्पणी गर्दै भारतीय नेतृत्वले नेपालको भुभाग भारतीय संसद भवनको नक्सामा राख्नुको कारणबारे नेपाललाई स्पष्ट पार्नुपर्ने उल्लेख गरिरहेका छन् ।




