अर्थ

राजस्व विभागले बरामद गरेको सुन राष्ट्र बैंकमा जोख्न सुरु

काठमाडौं । राजस्व अनुसन्धान विभागले बरामद सय किलो सुन जोख्ने प्रक्रिया सुरु गरेको छ।
विभागले बरामद गरेको सुन जोख्ने प्रक्रिया अघि बढाइएको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए ।

बरामद भएको सुन जोख्न भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी्र) ले नेपाल राष्ट्र बैंकको टक्सार महाशाखालाई पत्र लेखिसकेकाे छ । राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन राष्ट्र बैंकको टक्सार महाशाखामा सिलबन्दी गरेर राखिएको छ। त्रिभुवन भन्सारबाट अवैधानिक रुपमा नेपाल भित्रिरहेको बरामद गरिएको सुन ब्रेक सु प्याकिङसहित जोख्दा १५५ किलो तौल पत्ता लागेको छ । तर सुन मात्र कति छ भन्ने अहिलेसम्म पत्ता लागिसकेको छैन् । राजस्व विभागले सुन मात्र लगभग सय किलो भएको अनुमान गरेको छ ।

आर्चायका अनुसार सोमबार बाट बरामद गरिएको सुन जोख्ने काम सुरु भएको छ । अव उक्त सुनलाई जोखेर एकिन गरेपछि पगाल्न सुरु गरिने छ । गुणस्तर जाँचका लागि थप तीन दिन लाग्ने आर्चायले बताए ।

राजस्व अनुसन्धान विभागले विशेष सूचनाका आधारमा राजश्वको टोली विमानस्थल भन्सारमा छापा हान्न पुगेपछि साउन तीन गते स्कुटर र मोटरसाइकलको ब्रेक सुमा भित्र लुकाएर ल्याएको अवस्थामा सुन बरामद गरेको थियो ।

सुन प्रकरणको अनुसन्धान १९ दिनसम्म गरेर राजश्व अनुसन्धान विभागले थप छानबिनको जम्मा सीआईबीलाई लगाएको थियो ।संगठित अपराध र राजश्व छलीको कसुरमा उक्त प्रकरणको अनुसन्धान अहिले सीआईबीले गरिरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *