काठमाडौं । कोशी प्रदेश सरकारले प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ ।
सोमबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको मन्त्रिपरिषदको बैठकले बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख परशुराम खापुङसमक्ष सिफारिसको निर्णय गरेको हो ।
मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र बिष्टका अनुसार प्रदेश निजामती सेवा ऐन (पहिलो संशोधन) अध्यादेश २०८० लाई प्रदेशसभामा पेश गर्ने निर्णय गरेको हो ।
उनका अनुसार बैठकले स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश २०८० लाई पनि प्रदेशसभामा पेश गर्ने निर्णय समेत गरेको छ ।




