अर्थ

एमालेको ‘पाँच हजार दिने पाँच हजार सदस्य’ अभियान शुरु

काठमाडौं । नेकपा एमालेले पैसा संकलन गर्न अगाडि सारेको ‘पाँचहजार दिने पाँच हजार सदस्य’ राष्ट्रिय अभियान शुरू भएको छ ।

साउन १ गतेबाट लागू हुने अभियानको शुभारम्भ भने शुक्रबारै भएको छ । पार्टी कार्यालय च्यासलमा महासचिव शंकर पोखरेलको उपस्थितिमा अभियोनको शुभारम्भ भएको हो ।

पार्टी सदस्यहरूको मात्र सहभागिता रहने यस अभियानको शुभारम्भका अवसरमा महासचिव पोखरेलले पार्टीलाई सदस्यहरूको आर्थिक सहयोगमा आधारित र आत्मनिर्भर बनाउन यस्तो अवधारणा ल्याइएको वताए ।

अभियानको शुभारम्भ सहकारी क्षेत्रमा संलग्न ५० जना पार्टी सदस्यको सहभागिताबाट भएको एमालेले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *