अर्थ

निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिन्छौं : सरकार

काठमाडौं ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले निजी क्षेत्रको मागबमोजिम निजी क्षेत्रलाई पनि विद्युत् व्यापारको अनुमति दिन सरकार तयार रहेको बताएकी छन्। मंगलबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)को १९ र २० औँ साधारणसभामा बोल्दै उनले यस्तो जानकारी दिएकी हुन्।

उनले यसका लागि निजी क्षेत्र विद्युत् व्यापार गर्नसक्ने विश्वासिलो आधारसहित आउन पनि आग्रह गरिन्।

मन्त्री भुसालले भनिन्, ‘विद्यमान ऐन, कानुनमा केही प्रावधान नभए पनि निजी क्षेत्रले हामी यो परिमाणको विद्युत् यसरी विक्री गर्न सक्छौँ भन्ने आधारसहित आउनुहुन्छ भने हामी अनुमति दिन तयार छौँ।’

मन्त्री भुसालले नेपालमा उत्पादनको तुलनामा विद्युत्‌को माग र खपत बढ्न नसक्दा उत्पादित विद्युत् खेर गइरहेको बताइन्। विद्युत् खेर जाँदा निजी क्षेत्र, लगानी गर्ने बैंक र राज्यले क्षति बेहोर्नुपरेको उनको भनाइ छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *