अर्थ

सहमति कायम गरेर एमसीसी पारित गर्न डाक्टर भट्टराईको आग्रह

काठमाडौं । जसपा अध्यक्ष डाक्टर बाबुराम भट्टराईले सहमति कायम गरे एमसीसी पास गर्न गठबन्धनका नेताहरुसँग आग्रह गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गर्दै अध्यक्ष भट्टराईले सहमति कायम गरेर एमसीसी पारित गर्न आग्रह गरेका हुन् ।

अध्यक्ष भट्टराईले अध्यादेशको विषय छिटो छिनोफानो गरेर सरकारलाई छिटो पूर्णता दिन पनि आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *