अर्थ

अपर तामाकोशीको दुई आर्थिक वर्षको साधारणसभा एकैपटक

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले दुई आर्थिक वर्षको साधारण सभा एकैपटक डाकेको छ। कम्पनीले असोज १९ गते १२ औं र १३ औं वार्षिक साधारणसभा बोलाएको हो ।

कम्पनीले नेपाल विद्युत प्राधिकरण, दरबारमार्गमा बिहान ११ः३० बजे सभा बोलाएको छ। सो सभा भर्चुअल माध्यमबाट सञ्चालन गरिने कम्पनीले जनाएको छ। कोरोना संक्रमणको वस्तुस्थितिलाई विश्लेषण गरेर सभा भर्चुअल माध्यमबाट गर्न निर्णय लिइएको कम्पनीले जनाएको छ ।

सभाले आयोजना प्रभावित दोलखा जिल्लास्थित विभिन्न सामाजिक संस्थालगायत अन्य संस्थालाई सञ्चालक समितिको विभिन्न मितिमा गरेको निर्णयअनुसार आर्थिक वर्ष २०७५ र ०७६ र २०७६ र ०७७ मा उपलब्ध गराइएको आर्थिक सहयोग रकम अनुमोदन गर्नेछ।

यसका साथै, दुबै आर्थिक वर्षको नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारणसभा प्रयोजनार्थ कम्पनीले असोज ४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज ३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *