समाचार

खगोल विज्ञानका विषयमा जानकारी दिन कार्यशाला एवं प्रशिक्षण

काठमाडौँ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खगोल विज्ञानका विषयमा जानकारी दिने उद्देश्यले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोगमा कार्यशाला एवं प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ ।

नेपाल एष्ट्रोनोमिकल सोसाइटीले आज आयोजना गरेको कार्यक्रममा सात वटा सामुदायिक विद्यालयमा अध्ययनरत माध्यमिक तहका १४ जना विद्यार्थीको सहभागिता थियो । विद्यार्थीलाई पाँच समूहमा विभाजन गरी खगोल विज्ञानका बारेमा प्रयोगात्मक प्रतिष्पर्धा गराइएको थियो । यस्तो प्रक्रियाबाट शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी भएको विद्यार्थीको अनुभव छ ।

समूहमा बसेर काम गरेका विद्यार्थीमध्ये तीन जना पुरस्कृत भएका छन् । सरस्वती निकेतन माध्यमिक विद्यालय टेकुकी सुष्मा श्रेष्ठ, परोपकार आदर्श माध्यमिक विद्यालय भीमसेनस्थानका सुशान्त थापा र प्रभात माध्यमिक विद्यालय न ः घलका रोशन दुलालको समूहले उत्कृष्ट भएर पुरस्कार पाएको छ । कार्यक्रममा सहभागी विद्यार्थीद्वय सुषमा श्रेष्ठ र विजय लामाले कार्यशाला एवं प्रयोगात्मक ज्ञानबाट धेरै कुरा सिक्न सजिलो भएको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *