काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहिबार आज उच्च अंकको बृद्धि आएको छ । आज नेप्से २९.६४ अंकले बढेर दुई हजार आठ सय ५६ दशमलब ७७ विन्दुमा पुगेको छ ।
आज १६ अर्ब ९० करोड ७० लाख बराबरको कारोबार भएको छ भने कारोबार भएका समूहमध्ये चार वटा समूह बाहेक अन्य समूह बढेका छन् ।
आज तीन कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज शेयरमूल्यमा सर्किट लाग्ने कम्पनीहरुमा मञ्जुश्री फाइनान्स कम्पनी, महिला लघुवित्त वित्तिय संस्था र ग्रिन डेभलपमेन्ट बैंक रहेका छन् ।
त्यस्तै, आज नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेपाल रि–इन्स्योरेन्स कम्पनी भएको छ । २ दिन देखी तल झरेको सेयर कारोबार आज भएको कारोबार हेर्दा पुराना लयमा सेयर बजार उक्लेको देखिन्छ ।




