चितवन । मुग्लिन–नारायणगढ सडकखण्डमा खसेको लेदो हटाएपछि सडकमा यातायात आवागमन सामान्य बनेको छ ।
सडकखण्डको १५ किलो क्षेत्रमा माथिबाट लेदो खसेपछि केही समय सडक एकतर्फी सञ्चालनमा आएको थियो । लेदो हटाएसँगै अहिले सडक दुवैतर्फी सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
लेदो खस्दा केही समय सवारीसाधन प्रभावित भए पनि सडक सफा गरिएपछि नियमित रूपमा यातायात सञ्चालन भइरहेको कार्यालयले जानकारी दिएको छ ।




