काठमाडौं । रुरु जलविद्युत परियोजनाको आईपीओ बाँडफाँट हुने भएको छ । आईसीओ बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार भोली बैशाख ३ गते शुक्रबार विहान साढे ८ बजे बाँडफाँट हुने भएको हो ।
सो बाँडफाँट कार्यक्रम एनएमबीको नागपोखरी कार्यालयमा बिक्री हुने जनाइएको छ । कम्पनीले चैत २० गते शुक्रवार आईपीओ जारी गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल ४ लाख ७ हजार ७०६ कित्तामध्ये ८ हजार १५४ कित्ता कम्पनीका कर्मचारीहरूलाई र २० हजार ३८५ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सार्वजनिक निष्कासनमा ल्याएको थियो ।




