काठमाडौं।सेञ्चुरी कमर्सियल बैंक र सिद्धार्थनगर नगरपालिका वडा नं.१३, भैरहवा, रुपन्देहींस्थित मौर्या होटेल प्रालि.बीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धी सम्झौताभएको छ ।
नेपाल भ्रमण बर्ष २०२० लाई भव्यताका साथ सफल पार्न बैंकले आफ्ना खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु त्था संस्थापक शयेरधनीहरुलाई सहुलियत प्रदान गर्नेगरी सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकको खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका संस्थापक शयेरधनीहरुले होटलको रुम बुकिङ्ग, फुड एण्ड बेभेरेज, लौण्ड्रीलगायत सम्पूर्ण सेवा सुविधामा १२ प्रतिशतसम्म छुट पाउनेछन् ।
उक्तसम्झौता पत्रमा बैंकका भैरहवा शाखा प्रबन्धक बिशाल गुप्तार मौर्या होटेल प्रा.लि.ब्यावस्थापकीय संचालक रामबहादुर कोइरीले हस्ताक्षर गरेको थियो ।
सम्बन्धित समाचार
२९ बैशाख १२:४६
३१ बैशाख १२:३४
३० बैशाख १४:४८
२८ बैशाख १८:०४
२८ बैशाख १३:०९
२९ बैशाख ११:४६
२९ बैशाख १५:४७
२९ बैशाख ०९:०७




