मध्य–पूर्वमा जारी तनावको बीचमा स्ट्रेट अफ होर्मुजको जलमार्ग हुँदै हुने ढुवानीको सुरक्षा गर्न बेलायत र फ्रान्सको नेतृत्वमा सुरु भएको रक्षात्मक बहुराष्ट्रिय सैन्य अभियानलाई समर्थन गर्न अष्ट्रेलिया तयार रहेको बुधबार बताइएकोे छ ।
रक्षामन्त्री रिचर्ड मार्लेसले विज्ञप्ति मार्फत अष्ट्रेलियाले आगामी वेजेट पछि निगरानीका लागि विमान योगदान गर्ने जनाउनु भएको छ ।
मार्लेसले ४० वटा भन्दा बढी देशका रक्षामन्त्रीहरूसँग भएकोे बैठक पछि यस्तो घोषणा गर्नु भएको हो, जहाँ सहभागीहरूले होर्मुज जलमार्ग मार्फत हुने ढुवानी स्वतन्त्रताको लागि समर्थनको पुष्टि गरेका छन् ।
बहु–राष्ट्रिय सैन्य अभियान अन्तर्राष्ट्रिय व्यापारको सुरक्षाका लागि ठोस प्रतिबद्धता प्रदर्शन गर्दै जारी कूटनीतिक संलग्नता र सम्झौता प्रयासहरूलाई पूरक बनाउन तयार गरिएको उहाँले बताउनु भएको छ ।
यो द्वन्द्व जति लामो समय सम्म चल्छ अष्ट्रेलियामा त्यति नै महत्त्वपूर्ण प्रभाव पर्ने चेतावनी दिँदै उहाँले अष्ट्रेलिया सरकारले यी प्रयासहरूलाई समर्थन गर्न आफ्ना साझेदारहरूसँग सहकार्य जारी राख्ने बताउनु भएको छ ।




