राजनीति

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं । आज नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने भएको छ । दिउँसो ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो ।

 

बैठकमा आगामी शनिबारदेखि सुरू हुने स्थायी कमिटी बैठकको एजेण्डाबारे छलफल गरिने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । स्थायी कमिटीको बैठकको तयारीका लागि आज पदाधिकारी बैठक बस्न लागेको हो ।

माओवादी केन्द्रले गत फागुनमा अभियानअन्तर्गत मध्यपहाडी लोकमार्ग अभियान चलाएको थियो । उक्त अभियानलाई निरन्तरता दिने वा महाधिवेशनमा जाने भन्ने निर्णय गर्न आज माओवादीको स्थायी कमिटी बैठक बस्दैछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *