मनोरञ्जन

अभिनेत्री एडन रोज भन्छिन्- मैले आफुलाई श्रेयस अय्यरको बच्चाहरूको आमा मान्छु

काठमाडौँ । पञ्जाब किंग्सले आइपीएल २०२५ को उपाधि नजिते पनि कप्तान श्रेयस अय्यरले फ्यानहरुको मायामा कमि भएको छैन ।

यसको पछिल्लो उदाहरण फिल्म अभिनेत्री एडन रोजको भनाइ हो, जुन उनले एक अन्तर्वार्तामा दिएकी छन् । उनले अय्यरलाई आफ्नो दिमागमा पति मानेको र आफूलाई उनका बच्चाहरूको आमा मानेको बताएर चर्चामा रहेकी छन् ।

बिग बोस १८ फेम अभिनेत्री एडन रोजले दिएको एक अन्तर्वार्तामा आफ्नो मनपर्ने क्रिकेटरको बारेमा कुरा गरेकी थिइन् । उनले भनिन्- ‘म श्रेयस अय्यरलाई धेरै मन पराउछु । उनीसँग भेटेकै स्थलमै विवाह गर्न चाहन्छु । आफ्नो दिमागमा आफूलाई म उनको बच्चाहरूको आमा मान्छु ।’

यस क्रममा रोजले श्रेयसका चार गुणहरू पनि गणना गरिन् । उनलेअय्यर अग्लो रहेको कालो र सुन्दर रहेको बताउदै उनको दाह्री पनि राम्रो रहेको बताइन् ।

श्रेयस अय्यरको नेतृत्वमा पञ्जाबले उपाधि जित्न नसके पनि, टोली २०१४ पछि पहिलो पटक फाइनलमा प्रवेश गर्न सफल भयो । उनी तीन फरक टोलीसँग आईपीएल फाइनलमा पुग्ने पहिलो कप्तान हुन् । श्रेयस यसअघि २०२० मा दिल्ली क्यापिटल्ससँग र २०२४ मा कोलकाता नाइट राइडर्ससँग आईपीएल फाइनलमा पुगेका थिए । उनको कप्तानीमा, केकेआरले गत वर्ष पनि उपाधि जितेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *