काठमाडौँ ।राप्रपाले पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा धवलशमशेर राणालाई २४ घण्टाभित्र रिहा गर्न अल्टिमेटम दिएको छ ।
शनिबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दुई नेतालगायतलाई २४ घण्टाभित्र रिहा गर्न अल्टिमेटम दिएको बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।
उनले २४ घण्टाभित्र रिहा नगरिए राप्रपाले देशभर विरोधका कार्यक्रमहरु गर्ने र त्यसलाई आन्दोलनका रुपमा उठाएर लैजाने निर्णय गरेको बताए ।




