
बेलकोटगढि ।बेलकोटगढी नगरपालिकाको दोश्रो नगर सभा र पाचौं नगर अधिवेशन (हिउदे नगर सभा) नगरप्रमुख जगत वहादुर गुरुङकाे अध्यक्षता र उपप्रमुख शिव प्रसाद दाहाल, नगरसभा सदस्यहरू र कर्मचारीहरूको उपस्थितिमा सम्पन्न भएको छ।
अधिवेशनमा नगरपालिका अन्तर्गत रहेको चिम्टेश्वर क्षेत्रलाई धार्मिक र ऐतिहासिक महत्वको सम्पदाको रूपमा संरक्षण गरी पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने महत्वपूर्ण निर्णयहरू गरिएका छन्।यस नगरसभामा चिम्टेश्वरमा ५० फिट अग्लो शिव मूर्ति निर्माण गर्ने उद्देश्यले सप्ताह ज्ञान माहायज्ञ आयोजनाको निर्णय गरिएको छ।
अधिवेशनमा चिम्टेश्वर क्षेत्रमा कम्तिमा ५० फिट अग्लो शिवको मूर्ति निर्माण गर्ने योजना सहित अन्य आवश्यक भौतिक संरचनाहरू निर्माण गर्ने निर्णय गरिएको छ। यसका लागि नगरपालिकाका सबै जनप्रतिनिधिहरूले आफ्नो एक महिनाको तलब बराबरको रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। यो निर्णय सर्वसहमतिबाट पारित भएको छ।
यसरी, बेलकोटगढी नगरपालिकाले चिम्टेश्वर क्षेत्रलाई धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्वको क्षेत्रको रूपमा विकास गर्ने महत्वाकांक्षी योजना अगाडि बढाउँदै आएको छ। यसले नगरपालिकाको पर्यटन विकासमा ठूलो योगदान दिने अपेक्षा गरिएको छ।नगरसभा बैठकमा नगरका कर्मचारीहरू, सदस्यहरू र स्थानीय जनप्रतिनिधिहरूको उपस्थितिमा यस ऐतिहासिक निर्णयको पारित गरिएको हो।