राजनीति

अध्यादेशको अध्ययन जारी छ- जसपा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अध्यादेश सुझाव कार्यदलले दिएको प्रतिवेदन अध्ययनकै क्रममा रहेको बताएका छन् ।

राष्ट्रिय सभाबाट अध्यादेश पारित गराउन केन्द्र र प्रदेशमा सरकारमा हिस्सेदारी खोजेको चर्चा भएपछि यादवका स्वकीय सचिव महेश चौरसियाले विज्ञप्ति नै निकालेर प्रष्टीकरण दिएका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट जारी भएका अध्यादेशका लागि अध्ययन गर्न जसपा नेपालले कार्यदल बनाएको थियो । कार्यदलले बिहीबार यादवलाई राय सुझाव सहितको प्रतिवेदन बुझाएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *