राजनीति

अध्यादेशबारे निर्णय गर्न उपेन्द्र यादव छलफलमा

काठमाडौं । सरकारले प्रतिनिधिसभामा पेश गरेका ६ वटा अध्यादेशबारे निर्णय लिन जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव छलफलमा जुटेका छन् ।

उनी उपाध्यक्ष राजकिशोर यादवसहितका नेताहरूसँग अध्यादेशबाट निर्णय लिने अन्तिम कसरत गरिरहेका छन् ।

सरकारले माघ १८ गते प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेश गरेको थियो । प्रतिनिधिसभामा सत्तारुढ दल कांग्रेस-एमालेको बहुमत छ ।

तर, राष्ट्रिय सभामा सत्तारुढ दलको बहुमत छैन । त्यसका लागि तीन जना सांसद आवश्यक पर्छन्, जो यादवको पार्टीमा छन् ।

राष्ट्रिय सभामा ५९ सांसदमध्ये बहुमत पुग्न ३० सांसद आवश्यक पर्छ । एमाले-कांग्रेससँग २६ सांसद छन् । लोकतान्त्रिक समाजवादी पार्टीको राष्ट्रिय सभामा एक सिट छ । सरकारमा रहेकाले लोसपा अध्यादेशको पक्षमा छ ।

अन्य आवश्यक तीन संख्या पुर्‍याएर अध्यादेश पास गर्न सरकारलाई चुनौती थियो ।

जसपा अध्यक्ष यादवले यसअघि प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरिसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *