राजनीति

युवा संघ र अनेरास्ववियूका अध्यक्षलाई पदमुक्त गर्न माधव नेपालको निर्देशन

काठमाडौं । नेकपा एकीकृत समाजवादीले युवा संघ नेपाल र अनेरास्ववियूका अध्यक्षलाई पदमुक्त गरेको छ। अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अन्तरपार्टी निर्देशिका–४ अनुसार, युवा संघका कृष्णकुमार विश्वकर्मा र अनेरास्ववियूकी आरती लामा पदमुक्त भएका छन्।

निर्देशिकामा पार्टी केन्द्रीय सदस्य बनेका नेताहरूलाई युवा र विद्यार्थी संगठनको जिम्मेवारीबाट हटाई भूगोलको जिम्मेवारी तोकिएको उल्लेख छ।

तर, विश्वकर्मा र लामाले अपानिबाट हटाउने शैलीप्रति असन्तुष्टि जनाउँदै अन्यायपूर्ण निर्णय भएको बताएका छन्। उनीहरूको स्थानमा सम्मेलन वा अधिवेशनबाट नेतृत्व हस्तान्तरण गरिनुपर्ने तर्क गरेका छन्।

युवा संघका विश्वकर्मालाई ग्याग्दीको इन्चार्ज र लामालाई सर्लाहीको सहइन्चार्ज तोकिएको छ। संगठनबाट अन्य नेताहरू पनि पदमुक्त भएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *