टोपी मेरो बुबाको पौरख् हो
आमाको आशिर्वाद हो अनि
सामाजिक प्रतिष्ठा हो ॥
राष्ट्रिय परिचय हो अनि
भगवानको कृपा हो ॥
अजम्वरी स्वास्थ्य हो
सगरमाथाको चिनारी अनि
नेपालीको गौरब हो ॥
यही टोपी मेरो मान हो
अरनीको सान हो अनि
बलिदानको गान हो ॥
मेची महाकालीको सेतु हो
हिमाल पहाड तराईको मिलन् हो
सबै जात धर्मको माला हो ॥
टोपी सिताको मर्यादा अनि
भृकुटीको उपहार हो
सबै धर्म संस्कृतीको रक्षक हो ॥
यही टोपी मेरो मान,सान अनी गान हो ॥
सबैमा टोपी दिवसको शुभकामना
शुभ भावना ,
अनि अंग्रेजी नया बर्ष सन् २०२५
हर्षोल्लास लिएर आओस्
सबै सबैमा शुभकामना ॥
कोमल, काठमाडौं
२०८१/०९/१७
१ जनवरी २०२५