हुम्ला । उपनिर्वाचनको मत परिणाम अनुसार हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादीले अग्रता लिएको छ । तीन वटा मतदान केन्द्रको मतगणना हुँदा माओवादीकी देवकी तिमिल्सिनाले ४७७ मत पाएकी छन्। नेकपा एमालेकी उम्मेदवार जाना शाहीले ४०४ मतसहित तिमिल्सिनालाई पछ्याइरहेकी छन् । कांग्रेसकी सविता बुढाले ३४८ मत पाएकी छन् ।
हालसम्म सर्केगाड–१ को देवल आवि, सरस्वती मावि र वडा नम्बर २ को लालिगुराँस मावि मतदान केन्द्रको मतगणना भएको छ । अहिले वडा नम्बर ३ को देवकोटा आवि उनापानीको मतगणना भइरहेको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा ४ हजार ५२३ मत खसेको थियो ।