देश

परराष्ट्रमन्त्री राणा र चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता

काठमाडौं। नेपालका लागि चिनियाँ राजदूत छन् सोङले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेटवार्ता गरेका छन् । राजदूत सोङ्ले सिंहदरबारस्थित् परराष्ट्र मन्त्रालयमा पुगेर मन्त्री राणासँग आज भेटवार्ता गरेका हुन् ।

उनीहरुबीच प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको विषयमा कुराकानी भएको जनाईएको छ । प्रधानमन्त्रीको चीन भ्रमणको संयोजनको जिम्मा पनि मन्त्री राणाले पाएकी छिन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *