खेलकुद

नेपाल साफ यू-१६ च्याम्पियन्सिपबाट बाहिरियो

काठमाडौँ । नेपाल साफ यू-१६ च्याम्पियनसिपबाट बाहिरिएको छ । भुटानमा जारी साफ यू-१६ प्रतियोगिताको दोस्रो खेलमा नेपाल भारतसँग १-० गोल अन्तरले पराजित भएसँगै प्रतियोगिताको समुह चरणबाट बाहिरिएको हो ।

भारतका लागि खेलको ३३औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

योसँगै समुह ए बाट भारत र बंगलादेश सेमिफाइनलमा पुगेका छन् भने नेपाल दुवै खेलमा हार बेहोरेर बाहिरिएको छ ।

त्यस्तै समुह बी बाट पाकिस्तान सेमिफाइनलमा पुगेको छ भने आज हुने भुटान र माल्दिभ्सबीचको विजेता सेमिफाइनलमा पुग्ने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *