काठमाडौँ । नेपालले युएईलाई ८ विकेटले पराजित गरेको छ ।
युएईले दिएको १२९ रनको लक्ष्य पछाएको नेपालले १५.५ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
नेपालका लागि कुशल भुर्तेलले अविजित ५७ बलमा ८४ रन बनाएका थिए । त्यस्तै कप्तान दीपेन्द्र सिंह ऐरीले अविजित २३ र कुशल मल्लले १९ रन बनाएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको युएईले २० ओभरमा ८ विकेट गुमाउदै १२८ रन बनाएको थियो । युएईका लागि आकाशदीप नाथले अविजित ५३ रन बनाए भने मुहमद अरफानले ३२ र अडीब उस्मानीले ३० रन बनाए । त्यस्तै नेपाली बलर सन्दीप लामिछानेले ३ विकेट लिए भने हेमन्त धामीले २ तथा नन्दन यादव र सहाब आलमले एक एक विकेट लिए ।
नेपालको यो जितसँगै २ खेलको सिरिज १-१ ले बराबरी भएको छ । यसअघि सोमबार सम्पन्न पहिलो खेल युएईले जितेको थियो ।




