राजनीति

उपराष्ट्रपतिका उम्मेदवार रामसहाय पुगे कांग्रेस नेता निधि निवास

काठमाडौं । जनता समाजवादी पार्टीका सांसदहरू कांग्रेस नेता विमलेन्द्र निधि निवास पुगेका छन् । उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादव पार्टीका नेताहरूसहित निधि निवास पुगेका हुन् ।

जसपा टोलीमा जसपा सांसदहरू प्रदीप यादव, राजकिशोर यादवलगायत सहभागी छन् । उपराष्ट्रपतिका उम्मेदवार यादवले आफूलाई भोट माग्नुका साथै तराई मधेसका मत लबिइङका लागि निधिलाई आग्रह गरेका थिए । नेपाली कांग्रेसले बुधबार नै उपराष्ट्रपतिमा यादवलाई भोट हाल्ने औपचारिक निर्णय गरिसकेको छ । तर पनि यादव पार्टीका सांसदसहित निधिलाई भेट्न पुगेका हुन् ।

निधि कांग्रेसका प्रभावशाली नेता हुन् । उनको तराई मधेसमा बलियो पकड छ । मधेसकै प्रभावशाली नेता भएकाले पनि यादव निधिलाई भेट्न गएका हुन् । चैत ३ गते हुने निर्वाचनमा उपराष्ट्रपति पदका तीन उम्मेदवार छन् । यादवका अलावा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा मैदानमा छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *