निर्वाचन-२०७९

जसपा कार्यकारिणी समितिको​ बैठक सुरु

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले कार्यकारिणी समितिको बैठक सुरु भएको छ । प्रदेश सभाको समानुपातिक सदस्य छनोट लगाएतका विषयमा छलफल केन्द्रित भई बैठक बोलाइएको हो ।

जसपाले प्रतिनिधि सभातर्फ प्रत्यक्षमा सात र समानुपातिकमा ५ गरी १२ सिट जित हासिल गरेको छ भने प्रदेश सभातर्फ मधेस प्रदेशमा नौ प्रत्यक्ष र सात समानुपातिक गरी १६, लुम्बिनी प्रदेशमा दुई प्रत्यक्ष र एक समानुपातिक गरी ३ र प्रदेश १ मा १ सिट समानुपातिक प्रतिस्पर्धाबाट ल्याएको छ । यसरी प्रदेश सभातर्फ जम्मा सिट संख्या २० रहेको छ ।

बैठकले प्रतिनिधि सभातर्फको पाँच समानुपातिक सिट र प्रदेश सभातर्फको नौ समानुपातिक सीटको टुङ्गो लगाउने सो पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

जसपाका अध्यक्ष उपेन्द्र यादव नै निर्वाचनमा पराजय भएका हुन्् । उनी सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतबाट पराजित भएका हुन् ।

मधेस प्रदेश र एक नम्बर प्रदेशमा केही सीटमा एमालेसँग चुनावी तालमेल गरेको जसपाले विगतको निर्वाचनमा भन्दा यसपटकको निर्वाचनमा कमजोर देखिएकाले विभिन्न विषयमाथी केन्द्रित भएर छलफल गर्ने स्रोतले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *