काठमाडौं । राष्ट्रिय सभाको आज बसेको दोस्रो बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।
प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि संशोधन राख्न चाहने सदस्यहरूले राष्ट्रिय सभा नियमावली २०७५ को नियम १०६ बमोजिम राष्ट्रिय सभाअन्तर्गतको विधेयक शाखामा संशोधन प्रस्ताव दर्ता गराउन सकिने सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताए ।
राष्ट्रिय सभाको अर्को बैठक २०७९ साउन १२ गते बिहीबार बिहान ११ बजे बस्नेछ।




