सम-सामयिक

मधु अधिकारीले गरे राप्रपा परित्याग

‘काठमाडौं । राप्रपा’का पूर्व केन्द्रीय सदस्य मधु अधिकारीले पार्टी परित्याग गरेका छन् । पार्टी भित्र विभिन्न बेथिति भित्रिएको भन्दै अधिकारीले पार्टी परित्याग गरेका हुन् ।

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा उनले शुक्रबार विज्ञप्ति जारी गर्दै राप्रपा परित्याग गरेको घोषणा गरेका हुन् । अधिकारी हेटौंडा उपमहानगरपालिकाको मेयरका आकांक्षी थिए । तर अन्तिम समयमा आएर दीपक सिंहलाई मेयरको उम्मेदवार बनाएपछि उनी असन्तुष्ट बनेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *